नियम ३
साक्षरता कार्यक्रम सञ्चालन गर्ने
(१) स्थानीय तहले निरक्षर नागरिकलाई साक्षर बनाउने प्रयोजनको लागि आवश्यकता अनुसार देहाय बमोजिमको माध्यमबाट साक्षरता कार्यक्रम सञ्चालन गर्नेछः-
(क) सामुदायिक सिकाई केन्द्र,
(ख) आधारभूत प्रौढ शिक्षा,
(ग) परम्परागत तथा अनौपचारिक शिक्षाका अन्य माध्यम ।
(२) उपनियम (१) बमोजिम सञ्चालन गरिने साक्षरता कार्यक्रम सामान्यतः तीन महिनाको हुनेछ र त्यस्तो कार्यक्रममा सम्बन्धित स्थानीय तहभित्र बसोबास गर्ने निरक्षर नागरिक एक पटक सहभागी हुन पाउनेछ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपनियममा उल्लिखित अवधिभित्र सामान्य लेखपढ गर्न सक्ने गरी साक्षर हुन नसकेका नागरिकलाई पुनः एक पटकको लागि सोही अवधिको साक्षरता कार्यक्रममा सहभागी गराउन सकिनेछ।
(४) यस नियम बमोजिमको साक्षरता कार्यक्रममा सहभागी भई सामान्य लेखपढ गर्न सक्ने भएको नागरिकलाई स्थानीय तहले साक्षरताको प्रमाणपत्र दिनेछ।